अमेरिका – नेपाली मुलका अमेरिकन किरण सिटौला मेरिल्याण्ड राज्यको टाउन अफ इण्डियन हेड नामक शहरको उप नगर प्रमुखमा दोश्रो कार्यकालका लागि पुन : बिजयी भएका छन् ।
पदका लागि सिटौला सहित ६ जना उम्मेदवार चुनावी मैदानमा रहेका थिए । सन् २०१५ मा निर्वाचित भएका सिटौला पुन: यस पटक २०८ मत प्राप्त गरि निर्वाचित भएका छन् । सिटौला अमेरिकी मूलधारको राजनीतिमा निर्वाचित हुने पहिलो नेपाली अमेरिकन हुन् ।












