पाल्पाको रामपुर ७५ वर्ष वृद्ध मृत अवस्थामा फेला

प्रकाशित मिति:

पाल्पा – पाल्पा जिल्लाको रामपुर नगरपालिकामा एक वृद्ध मृत अवस्थामा फेला परेका छन् । पाल्पाको रामपुर नगरपालिका वडा न ३ का देव बहादुर मल्ल मृत अवस्थामा फेला परेका हुन् ।

मंगलबार बिहान रामपुर फाँट सिंचाइ आयोजनाको पनौदी खोलामा मल्ल मृत अवस्थामा फेला परेका थिए । बिहानको समयमा घाँस काट्न जाने महिलाहरूले उनको शव भेटेका थिए । उनको बाटोबाट नहरमा खसेर ज्यान गएको इलाका प्रहरी कार्यलय रामपुरको भुपाल सिंह रानाले जानकारी दिनुभयो ।