ठूलो परिमाणमा गाँजाखेती नष्ट

प्रकाशित मिति:

बाजुरा-जिल्ला प्रहरी कार्यालय बाजुराले ठूलो परिमाणमा गाँजाखेती नष्ट गरेको छ । प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटको निर्देशनमा वैशाख २० गतेदेखि जिल्लाका विभिन्न स्थानमा लगाइएको २७ रोपनी गाँजाखेती नष्ट गरिएको हो ।

एक हप्ताको अवधिमा जिल्ला प्रहरी कार्यालय मार्तडीबाट खटिएको टोलीले बडीमालिका नगरपालिका–१ पाटामा १४ रोपनी, प्रहरी चौकी डोगडीबाट खटिएको टोलीले खप्तड छेडेदह गाउँपालिका–४ डोगडीमा छ रोपनी, प्रहरी चौकी कुन्नाबाट गएको टोलीले जगन्नाथ गाउँपालिका–१ को पीलुचौरमा एक रोपनी गाँजाखेती नष्ट गरेको प्रहरी प्रमुख उद्धवसिंह भाटले जानकारी दिए ।