काठमाडौं –अर्नभ फिल्मस् प्रोडक्सन प्रा।लिको प्रस्तुतिमा निर्माण भएको फिल्म ‘काउसो’को अफिसियल ट्रेलर रिलिज भएको छ । फिल्मको मुख्य केही अंश समेटिएको ट्रेलरमा एक्सन र कमेडीले प्रथामिकता पाएको छ ।
१७ जेठबाट प्रदर्शनमा आउने फिल्ममा सविन श्रेष्ठ, अर्जुन गुरुङ, रमेश बुढाथोकी, रामचन्द्र अधिकारी, नविन आचार्य, सुरेन्द्र चापागाई, सन्नी भट्टराई, सोनीका बास्तोला,उग्रसेन ढुंगाना, अनु पराजुली र बालकलाकारमा असिम तिमल्सिना लगायतको अभिनय रहेको छ ।अर्नभ बस्नेत प्रस्तुतकर्ता रहेको फिल्मका निर्माता राजेन्द्र बस्नेत,सिताराम तिमल्सिना र भगवान खत्री हुन् । कथा तथा निर्देशन मदन घिमिरेको रहेको फिल्ममा संगीत बिकास चौधरी, द्धन्द्ध शंकर महर्जन, नृत्यमा विक्रम स्वार र छायाँकन रामेश्वर हुमागाई छ ।उपत्यकामा विके फिल्मस् र उपत्यका बाहिरको एफडी कम्पनीले वितरण गर्ने फिल्म समसामाहिक विषयमा निर्माण भएको बताइएको छ ।












