रौतहट– प्रहरी प्रशासनलाई चुनौती दिदै रौतहट स्थित अज्ञात समूहले स्काभेटरमा आगजनी गरेका छन । रौतहटको मध्यभाग गरुडा नगरपालिका लक्षमीपुर गाउँ छेउमा अज्ञात समुहद्धारा सडक डिभिजन कार्यालयको स्काभेटरमा गरेको आगजनीको दोषी पक्राउ नगर्दै पुुन।अर्को स्काभेटरमा आगजनीको घटना भएको हो ।
सडक निर्माणमा स्थानीय र निर्माण कम्पनीका मानिसबीच विवाद हुुँदा विहीवार राती गुुजरा नगरपालिका ६ खतवहिया टोलछेउमा रहेको स्काभेटरमा अज्ञात समूहले आगजनी गरेको हो ।शहरी विकास मन्त्रालय अन्तगत शहरी पूर्वाधार निर्माणमा रमन, सगरमाथा सगुुन जेभी कन्ट्रक्सनद्वारा गुुजरा ६ खतवहियास्थित सडक निर्माण भई रहेको थियो ।
निर्माणको क्रममा केही स्थानीय र ठेकदार कम्पनीका मानिससँग बिहिवार दिउँसो विवाद भएको थियो । विवादपछि खतवहिया गाउँछेउमा रोकेर राखिएको निर्माण कम्पनीको स्काभेटरमा मध्यरातमा अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको छ ।आगजनीबाट स्काभेटरको अधिकांश भाग जलिसकेको प्रहरीले जनाएको छ । घटनाबारे छानविन भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले जानकारी दिए ।यसअघि गरुडा कटहरिया सडक खण्डमा गत मंसिर महिनामा सडक फराकिलो तथा केही ठाँउमा नयाँ सडक निर्माण भइरहेको थियो ।निर्माणको क्रममा सडक सिधा बनाउने बिषय लिएर केही स्थानिय र निर्माणकर्तावीच बिवाद भएको थियो । विवादपछि निर्माणकार्यमा खटिरहेको सडक डिभिजन कार्यालय चन्द्रनिगाह पुरको स्काभेटरमा अज्ञात समूहले आगजनी गरेका थिए ।












