तत्काल फिल्म खेल्दिनँ’ तेरिया मगर

प्रकाशित मिति:

काठमाडौँ -भारतको चर्चित डान्स रियालिटी शो डान्स इन्डिया डान्सु र झलक दिखला जा ९ु की विजेता नेपाली मुलकी तेरिया मगर नेपालमा निकै कम बस्छिन् । केही वर्षयता उनी विदेशमा हुने विभिन्न सांस्कृतिक कार्यक्रमहरुमा व्यस्त छिन् । भारतमा बसेर अध्ययन गरिरहेकी उनी केही दिनयता काठमाडौंमा छिन् । बुधवार उनी शुक्रवारबाट प्रदर्शनमा आउन लागेको फिल्म बीर विक्रम २ु को प्रिमियरमा उपस्थिति भएकी थिइन् ।

नृत्यमा पोख्त तेरियाको अहिले सुन्दरताको निकै चर्चा हुने गरेको छ । उनलाई केही समययता थुप्रै नेपाली फिल्मबाट अफर आइसकेको छ । उनीसँग बलिउड अभिनेता अभिनेता ऋतिक रोशनले समेत काम गर्ने इच्छा व्यक्त गरेका थिए । गत वर्ष मायाको मोलु नामक नेपाली फिल्ममा उनको अभिनय रहने खबर बाहिरिएको थियो । तर, उनले यसको खण्डन गरेकी थिइन् । उनले फिल्म गर्ने खबरमा कुनै सत्यता नभएको प्रस्ट्याएकी थिइन् ।

मायाको मोलु फिल्ममा काम गर्ने खबर बाहिरिएपछि तेरियाले  फेसबुक च्याटमा आफूलाई थुप्रै फिल्मबाट अफर आएको तर कुनै साइन गरेको स्पष्ट पारेकी थिइन् । उनले अहिले आफू सम्पूर्ण ध्यान अध्ययनमा रहेको बताएकी थिइन् । फिल्म बीर विक्रम २ु को प्रिमियरमा पनि उनले संवाददाताहरुसँग संक्षिप्त कुराकानी गर्दै आफू तत्काल फिल्म गर्ने सोचमा नभएको बताएकी छन् । गत वर्ष फिल्ममा काम गर्न लागेको कुरालाई अफवाह बताउँदै उनले भनिन्, मलाई नै थाहा थिएन कि मैले फिल्म गर्दैछु भन्ने । मेरो अहिले सम्पूर्ण ध्यान अध्ययनमा छ । तत्काल फिल्म गर्नेबारे सोचेकी पनि छैन । हेरौं भोलीका दिनमा के हुन्छ ।कोसँग स्क्रिन सेयर गर्न मन छ रु भन्ने पत्रकारको प्रश्नमा उनले डिप्लोम्याटिक जवाफ दिइन् । सबैसँग काम गर्न मन छ । सबैसँग खेल्छुु, उनले भनिन् । धेरैपछि नेपाली फिल्म हेरेकी तेरियालाई बीर विक्रम २ु औधि मन परेछ । उनले क्लाइमेक्स सिनमा आफू निकै इमोसनल भएको बताइन् । उनी भन्छिन्, ुमलाई फिल्म एकदमै राम्रो लाग्यो । प्याकेज फिल्म हो यो । सबै कलाकारले आफ्नो क्यारेक्टर राम्रोसँग निभाउनु भएको छ । मैले त एकदमै इन्जोय गरेँ ।ु व्यस्तताका कारण खासै नेपाली फिल्म हेर्न नपाउने बताउँदै उनले धेरैपछि नेपाली फिल्म हेर्न पाएको खुसी व्यक्त गरिन् ।