बढ्दो वैदेशिक अध्ययन र प्रभाव

प्रकाशित मिति:

वैदेशिक रोजगारीलाई नियन्त्रण गर्नको लागि सरकारले बिभिन्न कार्यक्रमहरु गर्ने योजना बनाएको छ । त्यस माथि बढ्दो बरोजगारीको अन्त्यको लागि भत्ता सम्मका महत्वकांक्षी लक्ष्य सरकारका छन् । तर सरकारले खाडीमा पुगेका नेपाली कामदारलाई व्यवस्थापन गर्नु मात्र समस्याको समाधान हैन । दैनिक ३ सय भन्दा बढि बिद्यार्थीहरु अध्ययनको नाममा बिदेसिदै आएका छन् । त्यस माथि पनि बिश्वका गनिएका आकर्षक मुलुकहरुमा गन्तव्य बनाउने ति बिद्यार्थीहरु अध्ययन पश्चात स्वदेशमा भित्रिएको तथ्यांक नगन्य छ । बिदेशमा सिकेको सिपलार्य नेपालमै लागु गर्न सके रोजगारीको सृजना , देशको समृद्धि र बिदेसिनुपर्ने बाध्यता हट्छ भनेर दिने तर्क बिदेशमा पुगेर हासिल गरेको उच्च शिक्षा स्वदेशमा आएर काममा लगाउने कुरा सरकारको प्राथमिकतामा परेको छैन । बिदेशलाई अध्ययनको गन्तव्य बनाउने अधिकांशको अध्ययन पश्चातको गन्तव्य पनि बिदेश नै हो । देशको जनशक्ति बिदेशमा पुगेर शिक्षा हासिल गर्नु त सकारात्मक पक्ष होला तर उनीहरुले हासिल गरेको शिक्षाको व्यवाहारिक कार्यान्वयन पनि बिदेशमै हुनुले सक्षम र प्राज्ञिक जनशक्तिको खडेरी देशले भोग्ने कुरामा कुनै शंका छैन । पहिलो कुरा त देशमै अन्तराष्ट्रिय स्तरको मान्यता प्राप्त शिक्षाको अबसर र अध्ययन पछि क्षमता अनुसारको सुबिधा सहितको कामको व्यवस्था नभए सम्म बिदेशिने क्रम रोकिन्न नत बिदेशिएका हरु देश फर्कर्ने काम नै हुन्छ । शिक्षाको दायरा फराकिलो बन्नु र शिक्षा हासिल गर्नको लागि संसारका जुनसुकै कुनामा पुग्नु राष्ट्रका लागि फाइदाको कुरा हो तर राष्ट्रका लागि फाइदा भनेको त्यो बिषय जब कुनै व्याक्तिले देशको राष्ट्रियता नै त्याग्छ त्यस पछि अर्थहिन बिदेशी शैक्षिक लगानीको अवस्था सृजना हुन्छ । शिक्षामा दीर्घकालिन असर पुराउने यस्ता कुराहरुमा सरकारले बेलैमा चासो लिन जरुरी छ ।