एनआरएनए अमेरिकाको अध्यक्ष पदमा सुनिल शाह

प्रकाशित मिति:

पुरुषोत्तम ढकाल, लस एन्जलस, ६ जेठ । गैर आवासीय नेपाली संघ एनआरएनए, अमेरिका राष्ट्रिय समन्वय परिषदको अध्यक्षमा टेक्सास निवासी इन्जिनियर सुनिल शाह निर्वाचित भएका छन् । पेशाले इन्जिनियर रहेका शाहले कुल खसेको ७ हजार ३ सय ५७ मत मध्ये आइतबार सम्पन्न मतगणनामा झन्डै दोब्बर मतले ९३५७६ मत प्राप्त गरी० आफ्ना दुई प्रतिद्वन्दीलाई पराजित गरी संघको अध्यक्ष पदमा निर्वाचित भएका हुन् । आइतबार सम्पन्न मत गणना अनुसार शाहका प्रतिस्पर्धी सुर्य लम्सालले १९५२ मत प्राप्त गरेका थिए । मूल थलो नेपालको राजनीतिले प्रभावित संघको निर्वाचनमा मातृभूमि नेपालको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी समर्थक प्रवाशी मंचले काँग्रेस निकट शाह बिरुद्ध न्युयोर्क राज्यका संजाय थापाको नेतृत्वमा छुट्टै प्यानल सहितको उम्मेदवारी दिएको थियो ।

थापाले १८०८ मत प्राप्त गरे । वरिष्ठ उपाध्यक्षमा डाक्टर अर्जुन बन्जाडेले झिनो मत अन्तरले जीत हासिल गरेका छन् भने महासचिवमा सियाटल निवासी पशुपति पाण्डे विजयी भएका छन् । क्षेत्रीय उपाध्यक्षहरुमा क्रमशस् बिआर लामा, कृष्ण जी वी पन्त,सर्वज्ञ वाग्ले र बुद्धि सुबेदी विजयी भएका छन् । त्यस्तै सचिवमा अमृत कटेल, कोषाध्यक्षमा नेत्र बन्धु पोखरेल, सहकोषाध्यक्षमा सन्तोष विष्ट र महिला संयोजकमा दीक्षा बस्नेतले विजयी भएका छन् । निर्वाचन मार्फत एनआरएनए अमेरिकाको नेतृत्व चुनिएको यो तेश्रो अवसर हो । झण्डै ९ हजार मतदाता रहेको निर्वाचनमा विभिन्न पदमा करीब २४० जना उम्मेदवारहरु प्रतिस्पर्धामा रहेको संघको यो निर्वाचनले मूल थलोको संसदीय निर्वाचनको जस्तै झल्को दिन्थ्यो । वरिष्ठ उपाध्यक्षमा डा अर्जुन बन्जाडेले निर्वाचन जितेका छन् ।nepal24hours bata sabhar