विपन्न महिलाहरुलाई लक्षित गरि सिपमुलक तालिम अन्तर्गत २ महिने सिलाइकटाई तालिम सुरु
नवलपरासी-मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम अन्तर्गत रगतका लागि हामी बुटवलको आयोजनामा पश्चिम नवलपरासीको पालिनन्दन गाउपालिका वडा नम्बर १ र ३ का दलित तथा विपन्न महिलाहरुलाई लक्षित गरि सिपमुलक तालिम अन्तर्गत २ महिने सिलाइकटाई तालिम सोमबारदेखी वडा नम्बर ३ को कार्यालय कुशमामा सुरु भएको छ ।
वडा नमबर ३ का वडाध्यक्ष गोदन प्रसाद हरिजन उमेशको अध्यक्षता तथा पुर्व सविधानसभा सदस्य दुलारी हरिजनको प्रमुख आतिथ्यतामा एवं पालिनन्दन गाउपालिकाका प्रशासकिय अधिकृत दुर्गा पौडेलको विशेष आतिथ्यतामा उदेघाटन कार्यक्रम सम्पन्न भएको छ । सो अवसरमा रगत लागि हामी बुटवलका कार्यक्रम अधिकृत अमृता गैरे, मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम समितीका सदस्य घनश्याम गुप्ता,महेन्द्र पौडेल,वडा नम्बर ३ का वडा सदस्य जणावती चौहान,रामु हरिजन लगाएतको उपस्थिती रहेको थियो ।
२ महिनासम्म संचालन हुने उक्त तालिममा वडा नम्बर १ र३ का १५ जना दलित र विपन्न महिला रहने तालिमको सहजिकरण मन्जु यादवले गर्नुभएको छ । उक्त कार्यक्रको रगतका लागि हामी बुटवलका अध्यक्ष आमिर खाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन कला ज्ञानीले गर्नुभएको थियो ।












