कान्सको रेड कार्पेटमा गोल्डन मर्मेड लुक्स्मा ऐश्वर्या

प्रकाशित मिति:

एजेन्सी -फ्रान्समा जारी कान्स फिल्म फेस्टिवलमा विश्वभरका चर्चित फिल्म हस्तीहरुको सहभागिता रहेको छ ।यस्तैमा बलिउडकी सुन्दरी नायिका ऐश्वर्या राय बच्चनले यस वर्षको कान्स फिल्म फेस्टिभल सहित १८औँ पटक कान्सको रेड कार्पेटमा आफुलाई प्रस्तुत गरिसकेकी छिन् ।

हरेक वर्ष पहिरन र लुक्सले चर्चामा आउने ऐश्वर्या यस पटक पनि हट अवतारमा आफ्नी ७ वर्षकी छोरी आराध्याको साथमा आइतबार रेड कार्पेटमा पुगीकी थिइन् । गोल्डन अफ शोल्डर गाउनमा सजिएकी उनको मेक अप पनि अन्य समयको भन्दा फरक रहेको थियो ।विशेषत उनको कानमा समेत गरिएको गोल्डन मेकओभर आकर्शक र नौलो रहेको थियो ।