नेपाली कांग्रेस गुल्मीद्धारा अन्याय,अत्याचार ,भ्रष्टाचारको विरुद्ध अभियान सुरु

प्रकाशित मिति:

गुल्मी -नेपाली कांग्रेस गुल्मीले जिल्लाका स्थानीय तहमा भएका अन्याय र अत्याचार र भ्रष्टाचारको विरुद्ध अभियान सुरु गरेको छ । गाउँपालिकामा भ्रष्टाचार,आर्थिक अनियमितता ,ढिलासुस्ती ,अन्याय र अत्याचारको विरुद्ध अभियान सन्चालन गरेको नेपाली कांगे्रस गुल्मी सभापति भुबन श्रेष्ठले बताए । आइतबार कृष्ण प्रसाद रिजालको संयोजकत्वमा ४५ सदस्यीय इस्मा गाउँपालिकामा स्तरीय नागरिक जागरण समिति गठन गरेको जिल्ला सभापति श्रेष्ठले बताए ।

नेपाली नागरिकहरुले आफ्नो हकको प्रयोग, समान अधिकार प्राप्तिको लागि हाम्रो अभियान भन्ने नाराका साथ नेपाली कांग्रेसले गाउँपालिका स्तरीय कार्यक्रमको आयोजना गरेको नेपाली कांगे्रस गुल्मीले जानाकारि लिइएको छ । आईतबार इस्मा गाउँ पालिकामा भएको भेलामा सहसंयोजकमा केशव कुवँर, सचिवमा इश्वरी घिमिरे ,कोषाध्यक्षमा चन्द्रबहादुर खड्का नारायण रिजाल, सदस्यहरुमा नारायण रिजाल ,झबिन्द्र अर्याल,घनश्याम कुवर,माधव पौडेल ,बिष्णु घिमिरे ,ढाल बहादुर कुवर,बैकुण्ठ कुवर,गोकर्ण खत्री ,देबिराम घिमिरे ,लोकेन्द्र खड्का ,अमृता रिजाल ,कल्पना अधिकारी ,कुल बहादुर अछामी,माया बस्नेत ,यम बहादुर खत्री,निम बहादुर थापा लगायत स्थानीय सबै तहका उम्मेदवारहरु रहेको जानकारी जिल्ला सदस्य तथा छाया सरकार प्रमुख चन्द्रबहादुर महतले दिनुभयो ।

भेलाले चन्द्रबहादुर महत संयोजक र भगतसिह खड्का ,रेशम कुवर,नर बहादुर अर्याल ,शेर बहादुर कुवर,चुरा बहादुर खत्री ,प्रेम पछाइ,मन बहादुर दर्लामी,रामेश्वर अर्याल र रामप्रसाद अर्याल सदस्य रहेको सल्लाहकार समिति गठन गरेको छ ।नेपाली कांग्रेसका जिल्ला सचिब खिलध्वज पन्थिले बर्तमान समयमा भ्रष्टाचार,आर्थिक अनियमितता, हत्याहिंसा र बलात्कारका घटनालाई संरक्षण गरिरहेको उहाले जुनसुकै सरकारले गरेका हरेक गलत कार्यहरूका विरुद्ध कुनै लोभलालचमा नलागी एक रुपता भएर यो अभियानमा अधि बढ्न सबै नेता तथा कार्यकर्तालाई अगाडि बढ्न सचिब पन्थिले आग्रह गरे । स्थानीय जनप्रतिनिधिले आर्थिक लोभमा एकलौटी ढंगले र नक्कली उपभोक्ता खडा गरि कागजपत्र मिलाएर गाउपालिका भित्र लाखौं रकम अनियमितता गरेको आरोप छाया सरकार प्रमुख महतले लगाउनु भयो ।

महतले जनप्रतिनिधि र उपभोक्ता समिति मिलेर गरेका आर्थिक अनियमितताका सम्बन्धमा पटकपटक सार्वजनिक सुनुवाइ,मौखिक र लिखित निवेदन दिदा समेत सुनुवाइ नभएकोले अभियान सुरु गरिएको कार्यक्रमलार्ई प्रभावकारी रूपमा अघि बढाउन सबैलाई अनुरोध गर्नुभयो ।
पालिकामा गठन समितिले नेपाली कांग्रेसको गाउँपालिका र वडा समितिसंगको समन्वय र सहकार्यमा इश्मा गाउँपालिकाका सबै वडामा संगठन बिस्तार,क्षमता अभिबृद्धीका साथै सुशासन सम्बन्धि कार्यक्रम संचालन गरिने जानकारी संयोजक कृष्ण प्रसाद रिजालले दिनुभयो ।इश्मा गाउपालिका छाया सरकार प्रमुख चन्द्रबहादुर महतको अध्यक्षतामा,नेपाल तरुण दलका क्षेत्रीय अध्यक्ष झबिन्द्र अर्यालको सन्चालनमा सम्पन्न भेलामा नेपाली कांग्रेसका जिल्ला उपसभापति बिष्णु बलाल ,सचीव खिलध्वज पन्थी,शेर बहादुर कुवर र कृष्ण रिजाल लगायतका बक्ताले स्थानीय तहमा जनप्रतिनिधिबाट भएको भ्रष्टाचार,अन्याय, अत्याचार र धम्कीको कारण सर्वसाधारणमा त्रास पैदा गरिरहेको अवस्थामा यो अभियान राम्रो भएको र यसलाई जनताको भावना बमोजिम हरेक तहमा अघि बढाउनुपर्ने बिचार व्यक्त गर्नुभएको थियो । हाल इस्मा गाउँपालिका अन्तर्गत जनप्रतिनिधिको संरक्षणमा उपभोक्ता समितिबाट भएका आर्थिक अनियमितता लगायत अन्य गतिविधिका विरुद्ध २ दर्जनभन्दा बढी लिखित र मौखिक उजुरी परे पनि कुनै सुनुवाइ हुन नसकेको तरुण दलका अध्यक्ष झबिन्द्र अर्यालले बताए । कांग्रेसले दिएका हरेक उजुरीहरुमा छानबिन नभएको अर्यालले बताए ।