रुपन्देहीको सैनामैनामा ट्रिप्परको ठक्करबाट एकको मृत्यू भएको छ भने एक गम्भीर घाइते भएकी छन् । पुर्व पश्चिम राजमार्ग अन्र्तगत सैनामैना नगरपालिका वडा न.५ बुद्धनगरमा आज विहान ९.४५ वजेको समयमा बुटवलबाट कपिलबस्तु तर्फ गईरहेको लु २४प ३९४५ नम्बरको मोटसाईकललाई सोही दिशाबाट आइरहेको ना ८ ख १२१४ नम्बरको ट्रिप्परले ठक्कर दिदां गम्भीर घाइते भएका मोटसाइकल चालक देवदह नगरपालिका बस्ने वर्ष ६०का विर बहादुर गुरुङको उपचारको क्रममा लुम्बिनी अञ्चल अस्पातल बुटवल केही समय अघि मृत्यू भएको ईलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक दिपेश बस्यालले जानकारी दिनुभयो ।
गम्भीर घाइते भएकी मोटरसाइकलमा सवार मृतक गुरुङकी श्रीमती वर्ष ५५ की माया गुरुङको अहिले उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरी निरिक्षक बस्यालका अनुसार ओभरट्रयाक् गर्ने क्रममा उक्त दुर्घटना भएको हो । ठक्कर दिने ट्रिप्पर सहित चालकलाई तत्काल नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको सालझण्डी प्रहरीले जनाएको छ ।












