बुटवल, ९ जेठ । प्रदेश ५ सरकारको नीति तथा कार्यक्रम आज संसदमा पेश हुने भएको छ । प्रदेश मन्त्रीपरिषदको मंगलवार बसेको बैठकले प्रदेश नं. ५ को आगामि आर्थिक बर्षको नीति तथा कार्यक्रम स्वीकृत गरी प्रदेश सभामा पेश गर्न प्रदेश प्रमुखलाई अनुरोध गर्ने निर्णय गरेको थियो । आज दिउसो ३ बजे प्रदेश प्रमुख उमाकान्त झाले सरकारको नीति तथा कार्यक्रम प्रदेशसभा वैठकमा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । नीति तथा कार्यक्रममा पुर्वाधार, कृषि,उद्योग व्यवसाय,पर्यटनलाई प्राथमिकता दिइएको मुख्यमन्त्री तथा मन्त्रिपरिुषद कार्यालयका सचिव बसन्त अधिकारीले बताए ।












