बुटवल – प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका छन् । भारतीय लोकसभा निर्वाचनमा प्रधानमन्त्री मोदीको पार्टीले बहुमत ल्याएपछि प्रधानमन्त्री ओलीले बधाई दिएका हुन् । मतगणना जारी रहेकै बेला प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्विटरमा लेख्दै मोदीलाई बधाई दिएका छन् ।
मतगणनामा नरेन्द्र मोदी नेतृत्वको एनडीए गठबन्धनले स्पष्ट बहुमत ल्याउने देखिएको छ । विपक्षी कांग्रेस नेतृत्वको यूपीए गठबन्धन र अन्य पार्टीको कमजोर प्रदर्शन रहेको छ । प्रधानमन्त्री ओलीले कार्यकालको सफलताको शुभकामना दिँदै आगामी दिनमा अझै निकट भएर काम गर्ने इच्छा व्यक्त गरेका छन् ।













