बुटवल – भारतीय कम्युनिष्ट पार्टीबाट लोकसभा उम्मेदवार कनैया कुमार ३ लाख ९४ हजार मतले पराजीत भएका छन् । १७ औं लोकसभा चुनावको बिहीबार भएको मतगणनामा जवाहरलाल नेहरु विश्व विद्यालयबाट विद्यावारिधि गरेका कनैयाले चुनाव जित्ने बारेमा भारतमा भन्दा पनि बढी नेपालमा चर्चा बढी चल्ने गरेको थियो।
विशेषगरी नेपाली कम्युनिष्ट विचारधाराका लेखकहरुले उनको पक्षमा राष्ट्रिय दैनिकमा धेरै लेखहरु समेत छपाएका थिए । दिउँसो ४ बजे आएको चुनावी नतिजा अनुसार उनी २ लाख ३६ हजार मतमा सीमित हुँदा भाजपाका उम्मेदवार गिरिराज सिंहले ६ लाख ३ हजार मत ल्याए ।भारतीय कम्युनिष्टहरुको यो चुनावमा निकै शर्मनाक हारको सम्भावना देखिँदै गर्दा चर्चामा रहेका नेता कनैयाको पनि स्थिति पनि अरुको जस्तै नाजुक भएको हो ।












