ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

प्रकाशित मिति:

रुकुम पूर्वमा ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु भएको छ, भने दुई जना गम्भीर घाइते भएका छन् । जिल्लाको पुथा उत्तरगंगा गाउँपालिका ७ को देउखालाबाट सिस्ने गाउँपालिका ५ रुकुमकोट तर्फ आउँदै गरेको रा १ त २५९२ नम्बरको ट्र्याक्टर सानीभेरी नदीमा खसेको प्रहरीले जानकारी दिएको छ ।

सडकबाट करीब एक सय मिटर तल भेरीमा ट्र्याक्टर खस्दा सिस्ने गाउँपालिका ४ अमलाचौरका १५ वर्षीय रामचन्द्र बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम ९पूर्व०का प्रहरी निरीक्षक वीरबहादुर सुनारले जानकारी दिए ।दुर्घटनामा परेर पुथा उत्तरगंगा गाउँपालिका १४ का १६ वर्षीय कृष्ण रसाइली र रुकुम ९पशिचम० त्रिवेणी गाउँपालिका ५ का १७ वर्षीय लक्ष्मण वली गम्भीर घाइते भएको उनले बताए । घाइतेहरुको स्वास्थ्य चौकी रुकुमकोटमा उपचार हुन नसकेपछि थप उपचारको लागि रुकुम ९पश्चिम०को जिल्ला अस्पताल सल्लेमा रिफर गरिएको छ ।ट्र्याक्टर चालक दाङका २२ वर्षीय अनन्त रावतलाई प्रहरी नियन्त्रणमा लिएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक सुनारले जानकारी दिए ।