काठमाडौँ – देशका पहाडी भू(भागहरूमा आंशिक बदलि रही अपरान्ह पछि सामान्य बदलि रही पूर्वी तथा मध्य भूभागका केहि स्थानहरुमा पश्चिमी पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको मौसम पूर्वामान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार रातिको समयमा देशका अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदलि रही देशका पूर्वी तथा मध्य भूभागका केहि स्थानहरुमा र पश्चिमी क्षेत्रका थोरै स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना छ ।त्यस्तै भोलि पनि देशका अधिकांश भूभागमा आंशिक बदलि रहेता पनि अपरान्ह पछि सामान्य बदलि भई देशको पूर्वी भू(भागका केहि स्थानहरुमा र पश्चिमि र मध्य भू(भागका एक(दुई स्थानहरूमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना छ ।












