अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प जापानमा , पूर्वी एशियामा उत्पन्न गतिविधीबारे छलफल हुने

प्रकाशित मिति:

जापान– चार दिने औपचारिक भ्रमणका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प जापान पुगेका छन् । उनी शनिबार राजधानी टोकियो आइपुगेका हुन् । उनलाई शीर्षस्थ जापानी अधिकारीले विमानस्थलमा स्वागत गरेका थिए । भ्रमणका क्रममा राष्ट्रपति ट्रम्पले जापानी प्रधानमन्त्री शिन्जो आबे, जापानका सम्राट नारुहितोसँग भेटवार्ता गर्ने जनाइएको छ । राष्ट्रपति ट्रम्पको भ्रमणका क्रममा व्यापार तथा पूर्वी एशियामा उत्पन्न गतिविधीबारे छलफल हुने जनाइएको छ । हालै जापानका प्रधानमन्त्री आबे अमेरिका भ्रमणमा पुगेका थिए ।