अष्ट्रेलियाको सिड्नीमा ‘सीधाकुरा’ टिम

प्रकाशित मिति:

अष्ट्रेलिया – अष्ट्रेलिया आइपुगेको ‘सीधाकुरा’ टिमले पहिलो दिन सिड्नीमा रहेका नेपाली समूदायका विद्यार्थी तथा अन्य व्यक्तिहरुसँग अन्तरक्रिया गरेको छ ।अन्तरक्रियाबाट ‘सीधाकुरा’ टिमले अष्ट्रेलियामा आएर अध्ययन तथा रोजगारीको सिलसिलामा विषेश गरी विद्यार्थीले भोगेको समस्यालाई नियाल्ने प्रयास गरेका छ ।

विषेश गरी नेपालका कन्सल्टेन्सीले भने अनुसारका कलेज नहुनु, कतिपय अवस्था कलेजनै अवैध हुनु लगाएतका समस्या अधिकांश विद्यार्थीका थिए ।विद्यार्थीले अष्ट्रेलियामा हुँदा अभिभावक ठान्ने नेपाली दुतावास र गैर आवसिय नेपाली संघ एनआरएनबाट समेत जटिल समस्या पर्दा सहयोग नपाएको विद्यार्थीको गुनासो थियो । एनआरएनको सदस्य बनाउन २५ डलर लिन हतार गर्ने पदाधिकारीहरुले कसैकाे मृत्युपश्चात शव नेपाल पठाउनसमेत सहयोग नगरेकोमा विद्यार्थीको आक्रोश थियो ।

कार्यक्रममा उठेका विषयलाई सम्बोधन गर्न एनआरएन, कन्सल्टेन्सी, कानून व्यवसायीका प्रतिनिधिको उपस्थिति थियो । तर अधिकांश विद्यार्थीको आक्रोश जवाहदेही अधिकारीहरुप्रति नै थियो ।विद्यार्थी बाहेक अष्ट्रेलियामा रहेका नेपाली समूदायमा पारिवारिक विचलनको समस्या पनि बढ्दो क्रममा देखियो । कार्यक्रममा उपस्थित एक महिलाले श्रीमान र आफ्नै नेपाली कानून व्यवसायीले थाहै नपाई सम्बन्धबिच्छेद गराएर आफूलाई सडकमा पु¥याएको दुखेसो गरेकी थिइन् ।महिलाको यस्तो आक्रोशपछि भने उनको मुद्धा हेरिरहेको कानून व्यवसायी खिलेन्द्र तिमिल्सिनाले व्यक्तिगत रुपमा सहयोग गरेपनि कानूनी रुपमा सहयोग गर्न नसकेको जवाफ दिएका थिए ।कानून व्यवसायी तिमिल्सिनालाई ‘९ सय डलर तिर– डिभोर्स, लाइफ इज सट, गेट डिभोर्स’ जस्ता नारा लगाएर समस्या समाधान भन्दा बढी सम्बन्ध विच्छेदका लागि उस्काएको आरोप लगाएका थिए ।सरोकारवाला व्यक्तिले उठेका प्रश्नको जवाफ दिएपनि विद्यार्थीहरु भने सन्तुष्ट थिएन । विद्यार्थीहरु समस्याको चाङले आक्रोशित थिए । कार्यक्रममा अष्ट्रेलियास्थित नेपाली दुतावासका काम कारवाहीका विषयमा निकै प्रश्न उठेका थिए । राजदुतविहीन दुतावास नभए सरहनै भएको उपस्थित विद्यार्थीले गुनासो गरेका थिए ।