वातावरण मन्त्रीकाे राजीनामा, राष्ट्रपतिद्वारा स्वीकृत

प्रकाशित मिति:

मेक्सिको – वातावरण मन्त्री जोसेफा गोन्जालेज ब्लान्को अर्टिज मेनाले राष्ट्रपति समक्ष राजीनामा दिनुभएको छ । आफ्नो हवाई उडानका क्रममा व्यवसायिक उडानमा असर परेको भन्ने चर्को आलोचना भएपछि जोसेफले राजीनामा दिनुभएको हो । सरकारी कामका लागि विमानबाट अन्यत्र जाने क्रममा अरु हवाई सेवाको उडानमा ढिलाई भएको थियो ।

जोसेफले दिएको राजीनामा राष्ट्रपति आन्ड्रेस म्यानुएल लोपेस ओब्राडोलले स्वीकृत गर्नुभएको जनाइएको छ । डिसेम्बरदेखि राष्ट्रपतिको पद सम्हालेपछि आएको यो राजीनामा दोस्रो सरकारी अधिकारीकाे हाे । यस अघि बजेट कटौति गरेको भन्दै सामाजिक सुरक्षा विभाग प्रमुखले राजीनामा दिएका थिए । राष्ट्रपति ओब्राडोलले विलासी जहाज प्रयोग नगरी सर्वसाधारणले प्रयोग गर्ने व्यवसायिक विमान नै प्रयोग गरिरहनु भएकाे छ ।