‘फिल्म बनाउन सजिलो, चलाउन गाह्रो’ : सविन श्रेष्ठ

प्रकाशित मिति:

काठमाडौँ -सविन श्रेष्ठको खास चिनारी ‘एक्सन हिरो’ को रुपमा छ । डेब्यू फिल्म ‘अन्दाज’ बाट हिट लिस्टमा परेका उनले तीन दर्जन बढी फिल्ममा काम गरिसकेका छन् । ‘रावण’ लगायतका केही सफल फिल्म दिएका उनलाई एक समय नेपाली फिल्ममा आफ्नो बलियो साम्राज्य खडा गर्न सक्ने अभिनेताको रुपमा हेरिएको थियो । तर, उनले आफ्नो साख जोगाइराख्न सकेनन् ।

राम्रो क्रेज र डिमाण्ड रहँदा उनले हातमा आएका कुनै फिल्म उम्काएनन् । आफूले मागेको जति पारिश्रमिक दिन निर्माता राजी हुँदा उनले स्क्रिप्ट र टिम राम्रो छान्ने दुःख नै गरेनन् । जसको परिणाम उनले अहिले भोगिरहेका छन् । उनले तीन वर्ष अगाडि आँखा चिम्लिएर गरेका फिल्महरु केही महिनायता लगातार प्रदर्शनमा आइरहेका छन् । तर, कुनै सफल भएका छैनन् ।
अभिनेता सविन अभिनीत नयाँ फिल्म काउसोु यही जेठ १७ गतेबाट देशभर प्रदर्शनमा आउँदैछ । यो पनि उनले ३ वर्ष अगाडि गरेको फिल्म हो । मदन घिमिरेको लेखन तथा निर्देशन रहेको फिल्ममा उनले अनु पराजुलीसँग रोमान्स गरेका छन् । गाउँबाट ठूलो सपना बोकेर राजधानी छिरेका युवाहरुको संघर्षको कथामा फिल्म आधारित रहेको निर्देशक घिमिरे बताउँछन् ।

फिल्मको विषयमा जानकारी दिन शुक्रवार राजधानीमा आयोजित एक कार्यक्रममा अभिनेता सविन श्रेष्ठले आफूले गएको ३ वर्ष अगाडि गरेका फिल्महरुले आफ्नो करिअरलाई ठूलो असर गरिरहेको धक नमानि बताएका छन् । उनी भन्छन्, मैले केही समय अगाडि गरेका फिल्महरु अहिले लगालग रिलिज भइरहेका छन् । तर, कुनै चलेका छैनन् । फिल्म नचल्दा एउटा कलाकारको करिअरमा पक्कै असर गर्छ । मलाई पनि गरेको छ ।स्क्रिप्ट राम्रो लागेर फिल्म गर्ने गरेको भएता पनि निर्माण भएर हल पुग्दा अर्कै बन्ने गरेको उनको भनाई छ । पैसाको लोभले गर्दा फिल्म छनोटमा ध्यान नदिनुभएको हो रु भन्ने पत्रकारको प्रश्नमा उनी भन्छन्, मैले पैसाका लागि फिल्म गरेकै छैन भन्दिनँ । तर, स्क्रिप्ट राम्रो लागेर काम गरेका धेरै फिल्म निर्माण भएर हल पुग्दा अर्कै हुन्छन् । यद्यपि, म फिल्म छनोटमा चुकेको भने अवश्य हुँ ।उनले अहिले फिल्म बनाउन निकै सजिलो भए पनि रिलिज गर्न ठूलो युद्ध लड्नु पर्ने बताए । हिरो रिर्टन्सु बाट फिल्म निर्माणमा समेत होमिएका उनी भन्छन्,आजभोली फिल्म बनाउन सजिलो छ । तर, फिल्म चलाउन महाभारत पर्छ । मैले पनि हिरो रिर्टन्सु सजिलै बनाएँ । फिल्म बनाउँदा खासै गाह्रो भएन । तर, फिल्म निर्माण भएको २ वर्ष वितिसक्दा पनि रिलिज गर्न सकेको छैन ।

उनी अब भने राम्रो स्क्रिप्ट र टिम पाएको खण्डमा मात्र फिल्ममा काम गर्ने मनस्थितिमा छन् । करीब १ वर्षदेखि कुनै फिल्म नगरेको बताउँदै उनले भने( ुअब म फिल्म छनोटमा सम्यमित भएको छु । जुनसुकै स्क्रिप्टमा काम गर्दिनँ । अहिले मैले फिल्म नगर्नुको पछाडि व्यवसाय प्रमुख कारण हो । अझै ६ महिना फिल्म गर्दिनँ ।ु उनले आफूले निर्माण गरेको फिल्म हिरो रिर्टन्सु पनि चाँडै रिलिज गर्ने बताएका छन् । अभिनेता सविन श्रेष्ठ आफू ुकाउसोु बाट निकै आशावादी रहेको बताउँछन् । आफूलाई एक्सन फिल्ममा दर्शकले रुचाउने गरेको भए पनि यस फिल्ममा कुनै एक्सन सिन नभएको उनले बताए । उनी भन्छन्, ुनिर्देशक मदन दाईसँग काम गर्न मलाई धेरै इच्छा थियो । उहाँको एक्सन(कटमा काम गर्न पाउनु मेरो अहोभाग्य हो ।ु उनले फिल्म कमेडी प्रधान रहेको र दर्शकलाई मनपर्ने बताए