डोटी – बिघटित नेकपा एमाले निकट रहेको युवा संघ तथा युथफोर्सको डोटीका नेता सेतीनदिमा बगेर वेपत्ता भएका छन् । सोमबार आदर्श गाँउपालिका वडा नम्बर ५ स्थायी घर भएका पुष्कर वहादुर सिंह छिमेकीको मलामी आएका बेला सेती नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक विद्यानन्द माझीले जानकारी दिनुभयो ।
घटनास्थलमा डोटी प्रहरी प्रमुख विद्यानन्द माझीको नेतृत्वको टोली उद्धारका लागी खटेको जिल्लाप्रहरी कार्यालय डोटीले जनाएको छ । जेठ महिनामा शिखर नगरपालिकाकी एक बालिका र केआई सिंह गाँउपालिका बस्ने एक शिक्षकपनि सेती नदीमा बगेर वेपत्ता भएका थिए ।
युवा संघ तथा युथफोर्सको जिल्ला नेतृत्व समालीसक्नु भएका सिंहले अञ्चल कमिटीको समेत जिम्मेवारी सम्हालिसक्नुभएको छ । लामो समयदेखि आदर्श गाउँपालिकामा बोर्डिङ स्कुल सञ्चालनगर्दै आउनु भएका सिंहको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।












