कपिलवस्तुकी ६ बर्षिय ग्रीष्माको ज्यान बचाउन सहयोगको अपिल

प्रकाशित मिति:

इमरान खान / कपिलवस्तु –  कपिलवस्तुको तौलिहवाकी ६ बर्षिय बालिकाका लागि बोन म्यारो ट्रान्सप्लान्टका लागि उनका आमाबाबुले सहयोगको अपिल गरेका छन । हाल तौलिहवा बस्दै गरेकी कपिलवस्तु बुद्धभुमि नगरपालिका – ३ टाँकु निवासी शोभाखर खनालका छोरा बुहारी श्रीधर खनाल र रेखा अधिकारीकी ६ बर्षिय छोरी ग्रीष्मा खनाललाई बोन म्यारो ट्रान्सप्लान्ट गर्नु परेको हो ।

जन्मेको ३ महिना देखि नै आफ्नो शरीरमा रगत नबन्दा अरुको रगतको सहारामा बाचेकी ग्रीष्मालाई हरेक महिना एक पाउण्ड रगत दिने गरिएको छ । नेपालसहित भारतका बिभिन्न अस्पतालमा उनको उपचारका क्रममा डाक्टरहरुले बोन म्यारो ट्रान्सप्लान्ट गरेमा मात्र ठीक हुने भनेकाले उपचारमा करिब ५० लाख खर्च लाग्ने डाक्टरहरुले बताएका छन । ५० लाख खर्च गर्ने आर्थिक अवस्था नभएकोले ग्रीष्माका आमा बुबाले उनलाई बचाउन सबैसँग सहयोगको अपिल गरेका छन ।सहयोगको लागि यस फोन नम्बरमा सम्पर्क गर्न या निम्न बैंक खातामा रकम जम्मा गरिदिनुहुन अनुरोध छ ।

सम्पर्क फोन ः– ९८४५१०८७२७ , श्रीधर खनाल, ९८४७२४४५३४ ,रेखा अधिकारी
रकम सहयोगको खाता विवरण ः–
रेखा अधिकारी
एभरेष्ट बैंक खाता नं. ०३८००५१६२०१९८४ ९ तौलिहवा शाखा
श्रीधर खनाल
एभरेष्ट बैंक खाता नं. ०३८००५१६२००६३८ ९ तौलिहवा शाखा