तेह्रथुम तेहथुम जिल्लाको म्याङलुममा एक कार्यक्रम गरि तेह्रथुम जिल्लालाई गिद्ध संरक्षण तथा पशु डाइक्लोफ्नेनेक मुक्त घोषणा गरिएको छ। कार्यक्रममा उपस्थित जिल्लाका सरोकारवाला निकायहरुले गिद्ध संरक्षणका लागि तेहथुम जिल्लालाइ ६९औं पशु डाइक्लोफ्नेक मुक्त जिल्ला घोषणा गरेका छन ।
प्रकृतिका कूचीकारका नामले चिनिने गिद्धले वातावारण सफा गर्ने, विभिन्न महामारी रोग लाग्नबाट बचाँउने, पारिस्थितिकय प्रणाली र खाद्यश्रृखला कायम गर्न अहम भूमिका खेल्ले, धार्मिक तथा सांस्कृतिक महत्व बचाइ राख्ने आदी जस्ता मानव जातिलाइ प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सेवा दिने पंछी गिद्ध भएकोले यसको संरक्षण गर्न आवश्यक ठानिएकोछ ।२०४७ साल भन्दा अगाडी नेपालमा पाँच लाख गिद्ध र भारमा १६ करोड गिद्ध रहेकोमा हाल आएर ति गिद्धहरु डाइक्लोफेनेक नामक औषधीका कारणले औषतमा ९५ प्रतिशत भन्दा बढीले गिद्ध विनाश भएका छन् ।
यही विकराल अवस्थालाइ मध्यनगर गरी नेपाल सरकारले २०६३ साल जेष्ठ २३ गते देखि पशु उपचारमा डाइक्लोफेनेक प्रयोग गर्न विक्रि वितरण गर्न र भण्डार गर्न पूर्ण रुपले प्रतिबन्ध लगाएको छ र गिद्ध संरक्षण कार्ययोजना सन् २०१५ देखि २०१९ पनि लागु गरेकोछ । सोही कार्ययोजना अनुसार नेपाललाइ गिद्ध सुरक्षित क्षेत्र बनाइ गिद्ध संरक्षण गरी गिद्धको संख्या पहिलेकै यथास्थितीमा ल्याउन लक्ष्य लिएकोछ ।उक्त कार्यक्रम नेपाल पंन्छी संरक्षण संघ काठमाण्डौं र भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सम्पर्क कार्यालय तेह्रथुमको संयुक्त आयोजनामा संचालन गरिएको थियो । कार्यक्रमको सभाध्यक्ष प्रमुख जिल्ला अधिकारी श्री लक्ष्मीदेवी हुमागाइ, प्रमुख अथिति जिल्ला समन्वय समितिका जिल्ला समन्वय अधिकारी श्री गोकुल खड्का र विशेष अथिति म्याङलङ नगरपालिकाका प्रमुख प्रशासिकय अधिकृत श्री राम प्रसाद वाग्लेले गर्नु भएको थियो ।डिभिजन वन कार्यालय, भेटेरीनरी अस्पताल, सामुदायिक वन महासंघ, संचार कर्मी सुरक्षा कर्मी, नागरीक समाज, सामािजक संघसस्थाका प्रितिनधी, प्राविधिक, किसान र एग्रोभेट संचालकहरुको उपस्थित रहेको थियो । नेपाल पंन्छी संरक्षण संघका परियोजना अधिकृत श्री भूपाल नेपालीले गिद्धको महत्व, गिद्ध ह्रासको कारण, नेपालमा गिद्ध संरक्षणको लागि भएका कार्यहरु र गिद्ध संरक्षणमा हाम्रो भूमिकाका बारेमा प्रस्तुतीकरण गर्नु भएको थियो भने भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका डा। श्री देव कुमार दर्लामीले डाइक्लोफेनेक, यसले गिद्धलाइ पार्ने असर र जिल्लालाइ डाइक्लोफेनेक मुक्त जिल्ला घोषणा आधारका बारेमा प्रस्तुतीकरण गर्नु भएको थियो ।












