कपिलवस्तुलाई दृष्टिबिहीन मुक्त वडा बनाइँदै

प्रकाशित मिति:

कपिलवस्तु -कपिलवस्तु नगरपालिका वडा नम्बर १ लाई दृष्टिबिहीन मुक्त वडा बनाउने अभियान थालिएको छ । अभियान अन्र्तगत हालसम्म उपचार नपाएका दृष्टिबिहीनको निशुल्क उपचारसंगै नयाँ दृष्टिबिहीन बढ्न नदिन सचेतना र उपचारका कार्यक्रम सञ्चालन गरिने छ ।

अभियानलाई सफल पार्न वडा नं। १ को कार्यालयको आयोजना तथा नेपाल नेत्र ज्योती संघ आँखा अस्पताल तौलिहवाको सहयोगमा वडाको रत्न राज्य लक्ष्मी माविमा एक दिने निशुल्क आँखा शिविर आयोजना गरिएको छ । शिविरमा २ सय भन्दा बढीको उपचार गरिएको छ भने २० बढी मोतियाबिन्दुका रोगी फेला परेका छन ।

शिविरमा उपचार संगै निशुल्क औषधि बितरण तथा अति गरिब, बिपन्न र जेष्ठ नागरिकलाई निशुल्क चश्मा समेत दिइएको छ । शिविरमा पत्ता लागेका मोतियाबिन्दुका बिरामीलाई आँखा अस्पतालले निशुल्क शल्यक्रियाको सेवा दिने जनाईएको छ ।वडालाई दृष्टिबिहीनता मुक्त वडा बनाउने अभियान बनाउने अभियान अन्र्तगत निशुल्क आँखा शिविर आयोजना गरिएको वडा अध्यक्ष सुदिप पौडेलले जानकारी दिए