एजेन्सी – आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा वेस्ट इन्डिजविरुद्धको खेलमा पाकिस्तानले खराव सुरुवात गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले १० ओभर नसकिँदै तीन विकेट गुमाइसकेको छ ।
पाकिस्तानले पहिलो विकेटको रुपमा ओपनर इमाम उल हकलाई गुमाएको हो भने दोस्रो विकेटमा फखर जमानलाई गुमाएको हो । इमाम २ रन बनाएर आउट भए भने फखरले २२ रन बनाए ।त्यस्तै पाकिस्तानले हरिस सोहिललाई तेस्रो विकेटको रुपमा गुमाएको हो । पाकिस्तानले ९ ओभरको समाप्तिमा ४५ रन बनाएको छ ।












