भेट्रान निर्देशक तुलसी घिमिरे कुशल निर्देशक मात्र होइनन् । जीवन्त अभिनय गर्ने कलाकार पनि हुन् । उनले थुप्रै फिल्ममा अभिनय गरिसकेका छन् । २ दशक अगाडि एकसेएक सुपरहिट फिल्म दिएका उनी निर्देशित तथा अभिनीत पछिल्लो फिल्म दर्पण छायाँ २ हो । तर, यो फिल्मले हलमा हावा खायो । यसपछि उनले पुनः फिल्म निर्देशन गर्ने आँट जुटाउन सकेका छैनन् ।
देउताु, दक्षिणाु, लहनाु, दर्पण छायाँ लगायतका डेढ दर्जन बढी फिल्मको क्याप्टेनसिप सम्हालिसकेका उनले नेपाली फिल्म क्षेत्रका लागि थुप्रै कुशल कलाकारलाई समेत जन्म दिएका छन् । अभिनेत्री निरुता सिंहलाई उनले नै फिल्म क्षेत्रमा ल्याएका हुन् । अभिनेता द्वय दीलिप रायमाझी र उत्तम प्रधानलाई फिल्ममा ब्रेक लिने निर्देशक पनि तुलसी हुन् ।
प्रायः आफूले निर्देशन गरेका फिल्ममा अभिनय पनि गर्ने गरेका उनले अन्य निर्देशकको एक्सन(कटमा भने खासै काम गरेका छैनन् । उनी आफू निर्देशित फिल्मको आफूलाई ‘वान सट ओके’ आर्टिस्ट भन्न रुचाउँछन् । उनी भन्छन्, ुस्क्रिप्ट आफैंले लेख्ने भएको हुँदा मलाई क्यामेरा अगाडि संवाद बोल्न खासै गाह्रो हुँदैन । अहिलेसम्म मैले दिएका सिन ुवान सटु मै ुओकेु भएका छन् ।ु उनी अभिनीत नयाँ फिल्म ‘आप्पा’ आउँदो असार १३ गतेबाट प्रदर्शनमा आउँदैछ । यसमा उनले नव(निर्देशक अनमोल गुरुङको एक्सन(कटमा काम गरेका छन् । जीवनमा कहिल्यै दोस्रो पटक क्यामेरा अगाडि उभिएर संवाद नबोलेको बताउने निर्देशक घिमिरेले ‘आप्पा’ मा भने आफूले १३ टेक खाएको सम्झिए । उनी भन्छन्, ु१३ टेक खाँदा पनि रमाइलो नै भयो । राम्रोका लागि टेक लिनु नराम्रो होइन ।ु
उनले ‘आप्पा’ मा निर्देशक गुरुङले नाटकीय अभिनय गर्न नदिएको पनि बताए । उनी भन्छन्, ुहामी ुलार्जन देन लाइफु बनाउनका लागि अलि नाटकीय अभिनय गर्छौं । तर, यो फिल्ममा हामीलाई नाटकीय अभिनय गर्न निर्देशकले दिएकै छैनन् । यो फिल्ममा अभिनय गर्दा मेरो अलि ुलाइडु अभिनय गर्ने बानी रहेछ भन्ने महशुस पनि भयो ।ु निर्देशक गुरुङसँग काम गर्दा सजिलो र अप्ठ्यारो दुबै भएको उनी बताउँछन् ।












