स्याङ्जा-नेपाली काँंग्रेसले शुरु गरेको राष्ट्रिय जागरण कार्यक्रम स्याङ्जामा पनि भईरहेको छ । कांग्रेस स्याङ्जाको कार्यतालिका अनुशार कालिगण्डकी गाँउपालिका र चापाकोट नगरपालिकामा जागरणसभा सम्पन्न भएको छ ।

कालिगण्डकी गाँउपालिकाको बिर्घामा भएको जागरणसभामा वोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले बालुवाटार जग्गाको सत्यतथ्य बाहिर ल्याउन सरकारलाई आग्रह गर्नु भएको छ । नेता श्रेष्ठले सरकारले मिडिया काउन्सिल विधेयक ल्याएर वाक् तथा प्रेस माथि तानाशाह लाद्न खोजको आरोप लगाउनु भयो । उहाँले भन्नु भयो अहिलेको सरकार भ्रष्टाचारको भूमरीमा फसेको छ त्यसको भण्डाफोरका लागि नेपाली काँग्रेसले जनजागरण कार्यक्रम संगै आन्दोलन गर्नु पर्ने अवस्था आईसकेको बताउनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् स्याङ्जाका लागि जगरण संयोजक गोविन्द प्रसाद भट्टराईले नेपाली काँग्रेस भित्रको गुटलाई अन्त्य गरेर अगाडि वढ्न सकेको खण्डमा नेपाली काँग्रेस संधै पहिलो पार्टी बन्ने स्पष्ट पार्नुभयो । महाधिवेशन प्रतिनिधी एवं कालिगण्डकी गाँउपालिकाका लागि जागरण संयोजक माया रानाले कार्यक्रमका बारेमा प्रकाश पार्नु भएको थियो । सभामा महिला प्रतिनिधि तुलसा पाण्डेले पनि बोल्नु भएको थियो । जागरणका लागि गाँउपालिका संयोजक धन बहादुर रानाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा स्वागत शालिकराम न्यौपाने तथा धन्यवाद युवराज पाण्डेले गर्नु भएको थियो । जागरणसभाको सञ्चालन सुन्दर पाण्डेले गर्नु भएको थियो ।यस्तै चापाकोटमा भएको जागरणसभामा नेपाली काँग्रेस महासमिति सदस्य एवम् नेपाली काँग्रेस चापाकोट जागर कार्यक्रमका संयोजक श्याम प्रसाद वस्यालले कार्यक्रम माथि प्रकाश पार्नु भएको थियो ।
नेपाली काँग्रेस चापकोट नगर समितका सभापति रामचन्द्र पंगेनीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस साविक क्षेत्र नं ३ का क्षेत्रीय सभापति इश्वर खाँण देवबहादुरले स्वागत तथा सञ्चालन नेपाली काँग्रेस चापकोट नगर कार्य समितिका सचिव गौरब भट्टराईले गर्नु भएको थियो । (आधीखोला खबर बाट)












