काठमाडौं –अमेरिकी पीस कोर स्वयंसेवीलाई २ वर्षे भिसा दिने तर अन्य देशका स्वयंसेवीलाई जम्मा १ वर्षे भिसा दिने सरकारी नीतिबारे संसदमा आवाज उठेको छ । सोमवार बसेको प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै सत्तारुढ नेकपाका सांसद देव गुरुङले यसबारेमा आवाज उठाएका हुन् ।
‘अमेरिकीलाई २ वर्षे भिसा तर अन्य देशकालाई १ वर्षे भिसा दिँदा भेदभाव देखिएको छ, यसबारेमा सरकारको ध्यानाकर्षण होस्,’ गुरुङले भने । सरकारले हालसालै अमेरिकी पीस कोरका स्वयंसेवीलाई २ वर्षे भिसा दिने व्यवस्था गरेको थियो ।












