एजेन्सी – सिरियाको अजाज शहरमा आइतवार राति विस्फोटक भरिएको कार पड्किँदा चार बालबालिकासहित १७ जनाको मृत्यु भएको छ । घटनामा २५ जना घाइते भएका छन् । यो आत्मघाती आक्रमण शहरको केन्द्रमा रहेको मस्जिदनजिक इफ्तारका बेलामा गरिएको थियो ।
अजाज शहर टर्की समर्थित सिरियाली विद्रोहीको कब्जामा छ । आक्रमणको जिम्मेवारी कसैले पनि लिएको छैन । आइतवार नै इजरायलले सिरियामाथि गरेको रकेट आक्रमणमा परी १० जनाको मृत्यु भएको थियो । सिरियाले इजरायलमाथि दुईवटा रकेट आक्रमण गरेको जवाफमा यो आक्रमण गरिएको थियो । सिरियन अब्जर्भेटरी फर ह्युमन
राइट्सका अनुसार, सिरियाली आक्रमणमा पाँच सर्वसाधारण र पाँच सैनिक मारिएका छन् । सिरियाले इजरायलको नियन्त्रणमा रहेको गोलान हाइट्समा शनिवार अबेर राति दुई रकेट प्रहार गरेको थियो । तीमध्ये एक रकेट इजरायली सीमामा खसेको थियो ।












