विप्लव समुह भन्छ : सोलुखुम्बुको प्रहरी चौकी कब्जा काण्ड ‘फेक’

प्रकाशित मिति:

बुटवल  – नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले सोलुखुम्बुको महाकुलुङ गाउँपालिकास्थित वडा ३ छेस्काममा रहेको प्रहरी चौकी नियन्त्रणमा आक्रमण नगरेको स्पष्ट पारेको छ ।

विप्लवका २५–३० जनाको समूहमा आएका कार्यकर्ताले प्रहरी चौकी आक्रमणको प्रयास गरेको समाचार बाहिर आइरहेका बेला विप्लवकोतर्फबाट आधिकारिक धारणा आएको हो ।

महासचिव प्रकाण्डद्वारा हस्ताक्षरित विज्ञप्तिमा चौकी कब्जाको हल्ला फेक भएको बताएको छ । नेकपाले पार्टीको सुरक्षाकर्मीमाथि आक्रमण गर्ने कुनै योजना नरहेको बताएको छ । विज्ञप्तिमा भनिएको छ, ‘पूर्वी नेपालमा दमन गर्ने सरकारी षडयन्त्र अनुरुप त्यसप्रकारको समाचार (फेक न्युज) बाहिर ल्याइएको स्पष्ट पार्न चाहान्छौं ।’