ट्रम्पलाई ११ वर्षे बालकको उपमा

प्रकाशित मिति:

लण्डन– बेलायतको राजधानी लण्डन शहरका मेयर सदिक खानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ११ वर्षे बालकको उपमा दिएका छन् ।

अमेरिकी टेलिभिजन सीएनएनसँग कुराकानीका क्रममा मेयर खानले ट्रम्पलाई ११ वर्षे बालकको उपमा दिएका हुन् । हाल बेलायत भ्रमणमा रहेका राष्ट्रपति ट्रम्पले यसअघि मेयर खानले आफ्नो शहरमा अपराधलाई रोक्न नसकेको भन्दै ‘स्टोन कोल्ड लुजर’ को संज्ञा दिएका थिए ।मेयर खानले भने ट्रम्पको उक्त टिप्पणीबाट आफू एकरति पनि बिचलित नभएको भन्दै ट्रम्पले ११ वर्षे बालकको जस्तो व्यवहार गरेको जनाएका हुन् ।