सल्यान-सल्यानमा टयाक्टर दुर्घटनामा परी एकको मृत्यु भएको छ । शुक्रबार दिउसो जिल्लाको त्रिवेणी गाउँपालिका ३ चिनेरीखोलामा ट्याक्टर दुर्घटना हुँदा लुहामका अन्दाजी ३५ वर्षीय केशर खड्काको घटना स्थलमै मृत्यु भएको हो ।
त्रिवेणी गाउँपालिका ३ ढुंगेबगरबाट ढुंगा ल्याएर लुहाम आउँदै गरेको भे १ त २२६९ न ट्याक्टर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा त्रिवेणी गाउँपालिका ६ लुहामका १८ वर्षीय सहचालक जीवन भण्डारी र वडा ३ का २४ वर्षीय प्रेमबहादुर बुढा घाइते भएका छन्।घाइते दुवैको श्रीनगरस्थित कान्तिपुर अस्पतालमा उपचार भइरहेको प्र र दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । प्रहरीले चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।












