काठमाडौँ -पत्रकारहरुलाई गालि–गलौज गरेको अभियोगमा पक्राउ परेका ज्ञानेन्द्र शाहीलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।शाहीको रिहाईको लागि परेको बन्दी प्रत्यक्षिकरण रिटमाथि न्यायाधीशहरू आनन्दमोहन भट्टराई र हरि फुयाँलको संयुक्त इजलासले शाहीलाई रिहा गर्न आदेश दिएको हो। सर्वोच्चमा अधिवक्ता महेश डंगोलले हालेका थिए ।
गत वैशाख १८ गते सुर्खेतमा आयोजित आफ्नो पत्रकार सम्मेलनमा नआएको भन्दै कर्णालीका पत्रकारलाई गालीगलौज गरेको भिडियो पोष्ट भएको थियो । नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेश समिति र सुर्खेत शाखाका तर्फबाट प्रहरीमा जाहेरी दिइएको थियो ।पत्रकारहरुलाई ‘दलाल र कुकुर’ भन्दै अनलाइनमा अन्तरवार्ता दिएका शाहीलाई यही जेठ १५ गते सुर्खेतको वीरेन्द्रनगरको खुल्लामञ्चबाट प्रहरीले पक्राउ गरेको थियो ।
शाहीलाई पक्राउ पूर्जीविनै पक्राउ गरेर हिरासतमा चरम यातना दिइएको भन्दै विरोध भइरहँदा कर्णाली प्रदेश प्रहरीले भने शाहीलाई पक्राउ लगत्तै हिरासत कक्षमा नराखेर काठमाडौं पठाइएको बताएको थियो।भ्रष्टाचार विरोधी अभियन्ता भनेर आफूलाई चिनाउँदै आएका शाहीलाई रिहा गर्न सर्वत्र माग उठिरहेका थियो। जसक्रममा देशका विभिन्न ठाउँहरुमा प्रदर्शन समेत भएका थिए












