अष्ट्रेलिया उडिन् नायिका श्वेता

प्रकाशित मिति:

काठमाडौँ -केही समय अगाडि मात्र अप्रेसन गरेर आराम गरिरहेकी नायिका श्वेता खड्का एक्कासी अष्ट्रेलिया उडेकी छन् । एउटा सामाजिक संस्थाको च्यारेटी कार्यक्रम गाला डिनरमा सहभागी हुन श्वेता त्यसतर्फ गएकी हुन् ।

अष्ट्रेलिया जाँदै गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भेटिएकी श्वेताले आफू छिटै लगभग १०र१२ दिनपछि नेपाल फर्किने पनि जानकारी दिइन् ।उनले अन्त्यमा माझी बस्तीको बिषयमा पनि बोल्न भ्याए । “स्व। पति श्री कृष्ण श्रेष्ठको सम्झनामा बनाईएको उक्त बस्तीको सम्पुर्ण काम अन्तिम चरणमा पुगेको छ । चाडै फर्केर हस्तान्तरण कार्यक्रमको तयारी गर्छु।”अब केही समय श्वेता खड्कालाई पर्दामा भने दर्शकले देख्न नपाउने भएको छ । अहिले छायांकन भइरहेको चलचित्र हेल्लो जिन्दगीमा अनुबन्ध भएकी उनलाई अचानक रोगले च्यापेपछि फिल्म बाट हात झिक्न बाध्य भएकी हुन्।