तरुणदल नेता भण्डारीलाई नछोडे आन्दोलनमा उत्रिने कांग्रेसको चेतावनी

प्रकाशित मिति:

काठमाडौँ – राधाकृष्ण भण्डारी उर्फ राधेलाई रिहा नगरे कांग्रेसले आन्दोलन चर्काउने चेतावनी दिएको छ । गएको बिहीवार पक्राउ परेका राधेलाई कांग्रेसले पहिलेदेखी नै संरक्षण गर्दै आएको छ । राधेले कांग्रेसको आवरणमा धादिङ जिल्लाका प्रायः सबै विकास निर्माणको ठेक्का हत्याउने र समयमा कामसमेत नगर्ने त्यहाका केही बासिन्दा बताउन्छन । तरपनी नेपाली कांग्रेस धादिङले संरक्षण दिँदै आएको थियो ।

तत्कालीन नेकपा एमाले निकट रहेका दिनेश अधिकारी ‘चरी’ प्रहरी इन्काउन्टरमा मारिएपछि धादिङमा राजनीतिको आवरणमा अपराध कर्म गर्दै आएको भण्डारी समूहलाई कसैले पनि नियन्त्रणमा लिन सकेको थिएन। हप्ता असुलीदेखि विभिन्न अपराधमा संलग्न रहेका भण्डारीले छोटो समयमा अत्याधिक सम्पत्ति कमाएका छन्।

राधेको टोलीले स्थानीयलाई धम्की दिएर कुटपिट गर्नुका साथै प्रहरीमाथि आक्रमणसमेत गरेको थियो। सो टोलीले जनक मगरसहितका स्थानीय बुढाबुढीमाथि समेत आक्रमण गरेका थिए । प्रहरीले उक्त काण्डमा संलग्न रहेका भण्डारीसहित नीलकण्ठ नगरपालिका–३ बस्ने सुजन लामा, विमल शाह ठकुरी, काजी शाक्य, समीर थापामगरलाई नियन्त्रणमा लिएको थियो ।