विश्वकप क्रिकेट : अष्ट्रेलियाविरुद्ध भारतको उत्कृष्ट सुरुवात

प्रकाशित मिति:

एजेन्सी – इङ्ल्यान्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगीताकम अष्ट्रेलियाविरुद्धको खेलमा भारतले उत्कृष्ट सुरुवात गरेको छ । टस जितेर पहिले ब्याटिङ रोजेको भारतले १४ ओभरको समाप्तिमा ६९ रन बनाएको छ । रोहित शर्मा ३० र शिखर धवन ३६ रन बनाएर खेलिरहेका छन् ।

जारी प्रतियोगितामा अष्ट्रेलियाले दुबै खेलमा जित निकालेको छ भने भारत पनि जितको यात्रालाई निरन्तरता दिने प्रयासमा छ । अष्ट्रेलिया आफनो तेस्रो तथा भारत दोस्रो खेलमा बलियो प्रतिस्पर्धीको सामना गर्न लागेको हो ।