नेकपा व्यवस्थित हुन नसके मुलुक व्यवस्थित हुन सक्दैनः भुषाल

प्रकाशित मिति:

बुटवल –  नेपाल कम्युनिट पार्टी नेकपा का स्थायी समिति सदस्य घनश्याम भुषालले नेकपा आफैँ व्यवस्थित हुन नसके मुलुक व्यवस्थित नहुने बताएका छन् ।

आइतबार लुम्बिनी प्रेस क्लबले भैरहवामा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै नेता भुषालले यस्तो बताएका हुन् । उनले भने, ‘पार्टी भित्रको अन्तरविरोधको मूल्य राष्ट्रले तिर्ने गरी पार्टीलाई अव्यवस्थित बनाउन हुँदैन । नेकपा आफैँ भित्र व्यवस्थित हुन नसके यसले मुलुक व्यवस्थित गर्न सक्दैन ।’

बालुवाटार जग्गा प्रकरणको बारेमा बोल्दै उनले पार्टी महासचिवको नाम संलग्नता भएर आउने कुरा पार्टीको सदस्यको नाताले दुर्भाग्यपूर्ण भएको बताए  । उनले भने, ‘जग्गा प्रकरण बाहिर आएपछि पार्टीमा छलफल हुनुपर्दथ्यो, यत्रो प्रश्न आएपछि पार्टीले अभिमत प्रकट गर्न पर्दथ्यो, यो सचिवालयले पनि गरेको भए हुन्थ्यो तर यो हुन सकेन ।’ स्थायी समितिको बैठकमा छलफल गरेर यो प्रकरणको एकीकृत उत्तर दिनुपर्ने नेता भुसालको भनाई थियो ।