अस्ट्रेलियाविरुद्धको रेकर्डमा रोहितले सचिनलाई पछि पारे

प्रकाशित मिति:

काठमाडौं– भारतका ओपनिङ ब्याट्सम्यान रोहित शर्माले अस्ट्रेलियाविरुद्ध २ हजार रन पूरा गरेका छन्। आइतबार आइसिसी क्रिकेट विश्वकप २०१९ मा अस्ट्रेलियाविरुद्ध ५७ रन बनाएसँगै रोहितले २ हजार रन पूरा गरेका हुन्।

यसअघि रोहित अस्ट्रेलियाविरुद्ध २ हजार रन पूरा गर्न २० रनले टाढा थिए। आइतबार ५७ रन बनाएसँगै अस्ट्रेलियाविरुद्ध छिटो २ हजार रन पूरा गर्ने रेकर्ड बनाएका हुन्।

यसअघि अस्टरेलियाविरुद्ध भारतका सचिन तुन्दुलकर, वेस्ट इन्डिजका भिभियन रिचर्डस र डेसमनड हेन्सले २ हजार रन पूरा गरेका थिए। सचिनले ५१, डेसमन्डले पनि ५१ र भिभियनले ४५ इनिङमा २ हजार रन पूरा गरेका थिए। रोहितले भने आइतबार अस्ट्रेलियाविरुद्ध ३७औं इनिङमा २ हजार रन पूरा गरे।अस्ट्रेलियाविरुद्ध रोहितले ७ शतक बनाएका छन्। अस्ट्रेलियाविरुद्ध बढि शतक प्रहार गर्ने खेलाडी सचिन हुन्। उनले ९ शतक बनाउदा कप्तान विराट कोहलीले ८ शतक प्रहार गरेका छन्।