श्रीकृष्ण सिग्देल स्याङ्जा-स्याङ्जालाई सडक दुर्घट्ना न्युनिकरण अभियानमा सबैको सहयोग आवश्यक रहेको औल्याइएको छ । चालक, यात्रुको लापरवाहि र सडक दुर्घट्नाको मुख्य कारण भएको औल्याइएको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालय गण्डकी प्रदेशको आयोजना र प्रदेश ट्राफिक कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाको समन्वयमा भएको ट्राफिक व्यवस्थापन सुधार कार्यक्रम अन्तरक्रियामा बढ्दो सडक दुर्घट्नालाई कसरी न्युनिकरण गर्न सकिन्छ भन्ने विषयमा सो औल्याइएको हो ।
सिद्धार्थ राजमार्गको साघुँरो सडक र सडकका दायाँ बाँया खोलीएका शाखा सडकको व्यवस्थापन हुन नसक्दा दुर्घट्ना हुने गरेको जिल्ला ट्राफिक कार्यालय स्याङ्जाको भनाई छ । दिनानुदिन सवारी साधनको चाप बढ्नु र राजमार्ग साघुरो बन्दै जानु मात्रै नभएर ग्रामिण सडकले दुर्घट्नाको जोखिम बढाउने गरेको ट्राफिक प्रहरीको बुझाई छ । दुर्घट्ना निम्तनुमा सबै भन्दा बढी चालकको लापरवाहि नै देखिन्छ जिल्ला ट्राफिक प्रमुख रेशम रानाभाटले भने,“यात्रुलेको विवेकशिलता र सडकको मर्मत नहुनु पनि दुर्घट्नाका कारक हुन् ।” अधिकाशं ग्रामीण सडक खण्डका चालक तथा यात्रुले ट्राफिक नियम बिपरीत यात्रु चढाउने र चढ्ने पनि समस्या रहेको रानाभाटले भने ।
स्याङ्जालाई दुर्घट्ना शुन्यमा झार्ने अभियान अनुसार दुई चरणमा सवारी चालक, सह—चालक, यात्रु, राजनीतिकदल, उद्योगी व्यवसायी, जनप्रतिनिति, पत्रकारहरु सगँ अन्तरक्रिया गरिएको छ । पहिलो चरणको स्याङ्जा सदरमुकाममा र दोस्रो चरणको वालिङमा आयोजना गरिएको हो । प्रदेश सरकारले बढ्दो सबारी दुर्घटना निराकरण गर्न जनचेतनामुलक कार्यक्रम बिभिन्न जिल्लामा गर्दै आएको गण्डकी प्रदेश आन्तरीक मामिला तथा कानुन मन्त्रालयका उपसचिब गोपीकृष्ण रेग्मीले जानकारी दिए । ट्राफिक नियमको पालना नगर्दा अत्याधिक दुर्घटना बढेको छ रेग्मीले भने , “ट्राफिक नियम ट्राफिकको लागि होईन सबारी चालक र यात्रुको लागि हो ।” दुर्घटना भएपछी पछुताउनु भन्दा पहिले नै यात्रु पनि सचेत हुन आबाश्यक छ रेग्मीले भने । अन्तक्रियामा सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव गिरी, प्रहरी निरिक्षक शंकर आचार्य, वालिङ उद्योग वाणिज्य संघका महासचिब केशर बहादुर खाँण(ध्रुव), पत्रकार महासंघ स्याङजाका उपाध्यक्ष अर्जुन काफ्ले लगायतले ट्राफिक नियम सबैले पालना गर्दै दुर्घटना हुनबाट जोगाउनु पर्नेमा जोड दिए । कार्यक्रममा सहभागीहरुलाई सचेतनामुलक बिभिन्न बृतचित्र प्रदर्शन गरिएको थियो । यस्तो कार्यक्रम बेला बेलामा ल्याउन सके चालकलाई नयाँ निती नियमको बारेमा जानकार हुन मद्धत पुग्ने सहभागीहरुले बताएका थिए । अधिकाशं सार्बजनिक सबारी साधनले गन्तब्यमा नपु¥याउने, सिट संख्या भन्दा बढी यात्रु राखेर सबारी हाँक्ने, बोलीमा मिठास नहुने जस्ता समस्या रहेको कार्यक्रममा सहभागीले गुनासो गरे । स्याङजा जिल्लामा जम्मा ५ वटा ट्राफिक कार्यालयहरु छन् । यी ५ वटा कार्यालयमा जम्मा १७ जना मात्र ट्राफिक प्रहरी छन् । सबारी साधन कुनै कार्यालयमा छैनन् । प्रहरीको संख्या थोरै त्यो पनी सबारी साधन नहुँदा सडक दुर्घटनामा समयमा पुग्न गाह्रो हुने गरेको ट्राफिक कार्यालय वालिङका प्रमुख तेज राबलको भनाई छ । थोरै सख्याको ट्राफिक प्रहरीले पनि दुर्घटना निराकरणमा उल्लेख्य कार्य गरेको बताउँदै पहिलेको तुलनामा यस बर्ष दुर्घटना घटेको राबलको भनाई छ । यस बर्षको तथ्याङ्ग अनुशार जिल्लाभित्र ११ वटा सबारी साधन दुर्घटना भएका छन् । जसमध्ये ६ जना ज्यानको गएको छ । ८ जना गम्भीर घाईते र ४३ जना साधारण घाईते भएका छन् । जिल्लालाई थप दुर्घट्नाबाट जोगाउन ट्राफिक प्रहरीको दरबन्दी बढाउनु पर्ने माग गरिएको छ ।












