एजेन्सी -विश्वमै दोस्रो सर्वाधिक विक्री हुने चिनिया कम्पनी हुआवेइका नयाँ स्मार्टफोनहरुमा फेसबुकले आफ्नो एप्सको प्रि–इन्स्टालेशन नदिएको भएको छ । यसरी फेसबुकले आफ्नो एप्सको प्रि–इन्स्टालेशन नदिने बताइसकेपछि हुआवेइका बजार ह्वात्तै घट्ने सम्भावना रहेको सबैले आँकलन गर्न सुरु गरिसकेका छन् ।
फेसबुकका अनुसार किनिसकेका ग्राहकले भने हुआवेइका स्मार्टफोनमा फेसबुक एप्सलाई प्रयोग र अपटेड गर्न पाउनेछन् । तर, अब बन्ने कुनै पनि नयाँ स्मार्टफोनहरुमा भने फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप सपोर्ट गर्नेछैन ।उत्पादक कम्पनीहरुले फेसबुक, इन्स्टाग्राम र ट्वीटर जस्ता एप्स आफ्ना स्मार्टफोन सेटमा पहिल्यै इन्स्टल गरेर ग्राहकसमक्ष पठाउन सम्बद्ध कम्पनीसँग व्यापारिक सम्झौता गरेका हुन्छन् । अहिलेसम्म पनि ट्वीटर र बुकिङ डट कम लगाएतका एप्स पनि हुआवेइको स्मार्टफोनमा पहिल्यै इन्सटल भएर आइरहेका छन् ।
समाचारमा उल्लेख गरिए अनुसार ट्वीटरले उसको एप हुआवेइमा पहिल्यै इन्स्टल हुने÷नहुने विषयमा बुझ्न खोज्दा प्रतिक्रियानै दिन मानिरहेको छैन । यो भन्दा अगावै अल्फाबेटको गुगलले यसअघि नै अमेरिकी सरकारले दिएको ९० दिनको दण्डबिराम अवधि अगस्टमा सकिसकेको छ, भने हुआवेइलाई एन्ड्रोइड सफ्टवेयर नदिने घोषणा समेत गरिसकेको छ ।तर बजारमा पुगिसकेका र तयार भइसकेका हुआवेइका स्मार्टफोनहरुमा भने गुगलको प्लेस्टोर र सबै गुगल एप्सहरु उपलब्ध हुने समाचारमा उल्लेख गरिएको छ ।गत वर्ष हुआवेइको मुख्य आम्दानीको स्रोत स्मार्टफोन बनेको थियो । पछिल्लो समय युरोपेली र एसियाली बजारमा हुआवेइको स्मार्टफोन निकै लोकप्रिय बनिरहेको छ ।












