५५ वर्षमा राजेश हमाल

प्रकाशित मिति:

सुपरस्टार राजेश हमाल आइतवारबाट ५४ वर्षमा लागेका छन् । ९ जुन, १९६४ मा पाल्पाको तानसेनमा जन्मिएका हमालले २०४८ सालमा प्रदर्शनमा आएको फिल्म ुयुगदेखि युगसम्मु बाट नेपाली रजतपटमा पाइला राखेका थिए । आफ्नै मामा स्वर्गीय दीपक रायमाझी निर्देशित यस फिल्मपछि उनले आफ्नो करिअर कहिल्यै पछाडि फर्किएर हेर्नु परेन । ३ दशक लामो फिल्म यात्रामा उनले २ सयभन्दा बढी फिल्ममा अभिनय गरिसकेका छन् ।

हामी तीन भाइ, देउताु, अल्लारे अजम्बरी नाताु, पालेदाईु,आशीर्वादु जस्ता फिल्म उनका हिट मानिन्छन् । धेरै निर्मातालाई धनी बनाएका उनका फिल्म समिक्षकको नजरमा भने उत्कृष्ट ठहरिन खासै सकेनन् । एक समय उनी नेपाली फिल्मका निर्विकल्प अभिनेता थिए । काँचको पर्दामा शहरियादेखि गाउँले युवकको भूमिकासम्म निर्वाहा गरेका उनलाई ‘बिद्धान नायक’ को रुपमा पनि चित्रित गरिएको पाइन्छ । राजेश हमालले आफ्नो विद्यालय स्तरिय शिक्षा मस्कोबाट र उच्च शिक्षा ९एम ए अङ्ग्रेजी० भारतको पञ्जाब विश्वविद्यालयबाट पूरा गरेका हुन् ।
नेपालमा कक्षा ८ सम्म सेन्ट जेभियर स्कूलमा उनले अध्ययन गरेका थिए । सन् १९८५ मा भारतको फेसन नेट म्यागजिनमा र सन् १९८६ मा नेपालको काठमाडौंमा र्‍यापमा हिँडेर ग्ल्यामरमा दुनियाँमा प्रवेश गरेका उनले एक वर्षमा औषत १०(१२ वटा फिल्ममा समेत अभिनय गरेका थिए ।सन् १९९४ मा उनले १६ वटा फिल्ममा अभिनय गरेका थिए । एउटा पाकिस्तानी फिल्म पनि अभिनय गरेका उनका लागि आफूले गरेका फिल्ममध्ये ुदेवताु र ुवसन्तीु सबैभन्दा मनपर्ने फिल्म हुन् । उनलाई नेपाली फिल्मका ुमहानायकु भनिन्छ ।

राष्ट्रिय नागरिक गोल्डेन अवार्ड, राष्ट्रिय चलचित्र पुरस्कार जस्ता पुरस्कार तथा सम्मान प्राप्त गरिसकेका उनको लभ लाइफ पनि उतिक्कै रोमान्चित छ । करिश्मा मानन्धर, निरुता सिंहलगायत धेरै नायिकाहरुसँग उनको नाम जोडिएको थियो । तर, ५० वर्षको उमेरमा वर्ष २०१४ मा उनले मधु भट्टराईसँग विवाह गरे ।
अभिनेता हमाल अभिनीत पछिल्लो रिलिज फिल्म ुशकुन्तलाु हो । यसमा उनले एक महिलाको भूमिका निर्वाहा गरेका थिए । यसपछि उनी पर्दाबाट टाढा छन् । अचेल उनी श्रीमति मधुसँग विभिन्न देशको भ्रमणमा निस्किरहेका हुन्छन् । केही वर्षदेखि उनी फिल्म निर्देशन गर्ने चर्चा छ ।