काठमाडौँ नमोबुद्ध नगरपालिका–८ स्थित गैरापाटीमा करेन्ट लागेर एकको मृत्यु भएको छ । सोमबार बेलुका फ्युज गएर मिलाउन भन्दै बिजुलीको ट्रान्सफर्मरमा चढेको र करेन्ट लागेर सोही ठाउँका ६० वर्षीय रामशरण अधिकारीको मृत्यु भएको हो ।
गाउँमा बेलाबखत आफैँले बिजुली लाइन बनाउने गर्दै आएको र सोही क्रममा फ्युज गएपछि बनाउनका लागि बिजुलीको ट्रान्सफर्मर भएको ठाउँमा चढ्दा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । मृतकको शव परीक्षणका लागि बनेपास्थित शीर मेमोरियल अस्पतालमा राखिएको छ ।












