काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले पत्रकार रवि लामिछानेलाई आफूले कुनै टिप्पणी नगरेको भन्दै विभिन्न अनलाइन र सामाजिक सञ्जालमा प्रकाशित समाचारको खण्डन गरेका छन्।
केही अनलाइन र सामाजिक सञ्जालमा ऊर्जामन्त्री पुनले पत्रकार लामिछाने ‘ठूलो भ्रष्टाचारी हुन्’ भन्ने शीर्षक राखी एक दैनिक पत्रिकाको नक्कली कटिङ बनाई प्रकाशित गरेको भन्दै ऊर्जामन्त्रीको सचिवालयले त्यसको खण्डन गरेको हो। प्रेस संयोजक रोशन खड्काले ऊर्जामन्त्रीले त्यस्तो टिप्पणी र भनाइ कतै नराखेको बताएका छन्। उक्त समाचार झूटो भएको प्रेस विज्ञप्तिमार्फत ऊर्जामन्त्रीको सचिवालयले स्पष्ट पारेको छ।












