भुकम्पले हल्लायो बझाङ

प्रकाशित मिति:

बझाङ – जिल्लाको छबिसपाथीभेरा गाउँपालिका –४ कोटदरबार नजिक केन्द्र बनाएर भुकम्प गएको छ । सुक्रबार दिउसो १२ बजेर २२ मिनेटमा ४ म्यग्नीच्युडको भुकम्प गएको भुकम्प मापन केन्द्र सुर्खेतका भुकम्प बिद दिपक बस्नेतले बताए ।उहाँका अनुसार २०७२ साल बैशाख १२ गते गोरखाको बारपाक लाई केन्द्र बिन्दु बनाएर गएको बिनासकारी भुकम्प पछि गएका पराकम्पन भन्दा फरक रहेको छ । यसरी पटक पटक स – सना पराकम्पन जानु भनेको महाभुकम्पको शक्ति क्षयीकरण हुनु भएकाले यसलाई राम्रो हिसावले हेर्नु पर्ने उहाँको भनाई छ ।

यसै बर्षको सुरुवात देखि बझाङ जिल्ला लाई केन्द्रबिन्दु बनाएर तिन पटक भुकम्पका गएको भुकम्प मापन केन्द्रको तथ्याङ्कमा उल्लेख गरिएको छ । नेपाल मै भुकम्पको उच्च जोखिममा रहेको यस जिल्लामा गत बर्ष पनि पटक पटक गरि २७ पटक भुकम्पको केन्द्र बिन्दु बनाएको र परामम्पन महसुस भएको समेत थियो । भुकम्पले जिल्लामा कुनै क्षति नगरेको प्रहरीले जनाएको छ । छिमेकी जिल्लाहरुमा समेत भुकम्पको धक्काको महसुस गरिएको छ ।