दाङ/सहायक वन अधिकृत रु २० हजार घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सब–वन डिभिजन कार्यालय बेलामा कार्यरत रामज्ञाप्रसाद साहलाई घुससहित पक्राउ गरेको हो ।साहलाई लमहीको एक जुस पसलबाट पक्राउ गरिएको छ ।
उनलाई पक्राउ गरेर अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।












