मानिस मरेपछि केको पैसा र मरेपछि त रित्तो हात जानुपर्छ यो विश्वव्यापी नियम नै हो । तर, मरेपछि पनि पैसा चाहिन्छ, सुन्दा अचम्म लाग्न सक्छ । हो, हङकङमा अन्तिम संस्कारका लागि महँगो रकम तिर्नुपर्छ ।
हङकङमा शव गाड्नका लागि सानो जमिनको टुक्रा किन्न पनि करिब २ करोड ६० लाख नेपाली रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ । जमिन महंगो भएर मात्र होइन, जमिन नै नपाउने समस्या पनि छ । यसै कारण अन्तिम संस्कार गर्न नसकेर शव लकरमा राख्नुपर्ने बाध्यता छ ।
शवलाई जमिनमा गाड्ने पर्खाइमा रहने धेरै छन् । शवलाई लकरमा राख्न पनि प्रतिस्पर्धा चलेको छ । लकरमा शव राख्न पनि मानिसहरुले चार बर्षसम्म पर्खनुपर्छ । सरकारी लकरमा शव रख्नको लागि करिब ३५ हजार बार्षिक तिर्नुपर्ने हुन्छ ।हङकङका प्रायः सरकारी लकर भरिएका छन् । मानिसहरुले आ–आफ्ना लकरहरुको अघि मृतकको तस्वीर टाँसेका हुन्छन् । साथै मानिसहरुले निजि लकरलाई चर्को मुल्य तिर्नुपर्ने अवस्था पनि छ ।












