काठमाडौँ/काठमाडौँको टोखा नगरपालिका १० मा आगलागी भएको छ ।महानगरीय प्रहरीका अनुसार आगलागीबाट पसलका ८ वटा सटर जलेर नस्ट भएको छ । उक्त पसल टहरोमा सञ्चालित रहेको प्रहरीले बताएको छ । आइतबार राति लागेको आगो निभाउन दमकल पुगेको छ र दमकलले आगो निभाउने प्रयास गरेको बताइएको छ ।
आगो लागेको उक्त सटरमा किराना, फेन्सी, तरकारीलगायतका दर्जन भन्दा बढी पसल सञ्चालनमा रहेको जनाइएको छ । आगलागीको कारणले भने नसकेको प्रहरीले बताएको छ ।












