एजेन्सी /हङकङ सरकारले विवादास्पद सुपुदर्गी विधेयकलाई स्थगित गर्ने घोषणा गरेपनि प्रदर्शनीकारीहरुले नयाँ आन्दोलनको तयारी गरेका छन् ।सरकारले संसदमा कैदीबन्दीलाई चीन सुपुदर्गी गर्ने प्रावधान सहित ल्याएको विधेयक विरुद्ध हङकङमा केही हप्ता देखि हजारौंको संख्यामा मानिसहरु सडकमा ओर्लिएर विरोध गरिरहेका छन् ।
आन्दोलन हिंसात्मक हुँदै गएपछि हङकङकी कार्यकारी प्रमुख केरी लामले हाललाई सो विधेयक स्थगित लिएको घोषणा गरेकी थिइन् । तर, प्रदर्शनकारीहरुले सो विधेयक स्थगित मात्रै गरेको भन्दै विधेयकलाई फिर्ता नै गर्नुपर्ने माग सहित नयाँ आन्दोलन सुरु गरेका छन् ।विधेयकको विरोधमा कालो लुगा लगाएर हजारौं मानिसहरु भिक्टोरिया स्कवायर पुगेको छ । केही प्रदर्शनकारीहरुले लामले राजीनामा दिनुपर्ने माग समेग गरेका छन् ।












