‘भारत’ लाई दुई सय करोड कमाउनै सकस

प्रकाशित मिति:

एजेन्सी /बलिउड सुपरस्टार सलमान खान स्टारर फिल्म ‘भारत’ को कमाईको रफ्तार निकै सुस्ताएको छ । ५ जून ९बुधबार रिलिज भएको यो फिल्मले ओपनिङ डेमा रेकर्ड ब्रेकिङ कमाई गरेको थियो । प्रदर्शनको पाँच दिनमा डेढ सय करोडको आँकडा पार गरेको फिल्मको कमाईमा अहिले लगातार गिरावट आएको छ । फिल्मले दोस्रो विकेन्डमा पनि राम्रो व्यापार गर्न सकेन ।

कोइमोइ डटकमका अनुसार, सलमानको ‘भारत’ ले प्रदर्शनको १० औं दिनमा मात्र ६ करोडको व्यापार गर्‍यो । फिल्मले हालसम्म भारतबाट कुल १९४ करोडको व्यापार गरेको छ । तेस्रो हप्ताको सुरुवातसम्म फिल्मले घरेलु बजारबाट २ सय करोडको आँकडा पार गर्ने फिल्म पण्डितहरुको विश्लेषण छ । यो फिल्मको व्यापारमा वर्ल्ड कपले पनि ठूलो असर गरेको छ । फिल्म ‘भारत’ लाई समीक्षकले मिश्रित प्रतिक्रिया दिएका छन् । दर्शकले भने खासै रुचाएका छैनन् । सलमान भने फिल्मको कमाईबाट खुसी छन् । उनले हालै एक अन्तर्वार्तामा भने, मेरो लागि मेरो सबै फिल्मको सफलता महत्त्वपूर्ण हुन्छ । ‘भारत’ एक यस्तो फिल्म हो, जसका लागि हामीले एकदमै मेहनत गरेका छौं । यो मेरो हरेक फिल्मसँग हुन्छ । म फिल्ममा पूर्ण विश्वास गर्छु ।ु

‘भारत’ मा सलमान खानको अलावा कैटरीना कैफ, सुनील ग्रोवर, ज्याकी श्राफ, दिशा पाटनी, तब्बू र आसिफ शेखलगायतका कलाकारहरुको अभिनय छ । यसलाई अली अब्बास जफरले निर्देशन गरेका हुन् । यो फिल्म भारतसँगै ७० देशमा लगभग १३ सय स्क्रिनमा एकसाथ रिलिज भएको छ । ‘भारत’ सहित सलमानको १४ वटा फिल्मले सय करोडको आँकडा पार गरेको छ ।